-आरसी रिजाल-
रमेशकी आमा सरु सिकिस्त बिरामी ।छोरा गर्भमै हुँदै पतिको देहावसान भएको। बिचरीले छोरा हुर्काउन र पढाउन गरेको कस्ट सुनाउने हो भने आँखा नरसाउने कोहि हुदैनन् होला। तैपनि अन्तिम अवस्थासम्म छोरा बिदेशबाट आइपुगेन।
मृत्यु शैयामा रहेकी सरुलाई छिमेकीहरु — छोरालाई संझने होइन भगवानको नाम लिनुस् भन्दैछ्न् ।यस्ता कुरा उनको कानमा पटक्कै छिरेको छैन्। जिबनभर उनले कहिल्यै झुठो बोलिनन् ।बाँचुन्जेल उनले ईश्वरसंग सधै छोराको भलाइ बाहेक अरु केहि प्राथना गरिनन्। मृत्युपछि यदि साँच्चै भगवानको दर्शन पाइयो भने उनले भन्नुपर्ने एउटा वाक्य मनमनै संझिरहेछिन् –” हे भगवान मेरो छोराले आमाप्रति गर्नुपर्ने कर्तव्य पूरा गरेको छ।त्यसले जिबनमा कहिल्यै दुख भोग्न नपरोस् ।” यसरी छोराको सुखको लागि ईश्वरसंग झुठो बल्न तयार छिन्।
धर्मराजले सरूलाई सोधे — मृत्युशैयामा पुगेर तिमिले किन झुठो बोल्यौ ? छोराको कारण किन स्वर्ग त्याग्छ्यौ? बाचुन्जेल पीडा सह्यौ मृत्युपछि पनि किन पीडा रोज्यौ ?
सरु– महाराज नर्कमा भोग्नुपर्ने पीडाको अभ्यस्त मैले पृथ्वी लोकमा गरिसकेकी हुँदा मलाई खासै फरक पर्दैन।तर मेरो भागमा परेको स्वर्गभोग पछि छोराले पावस्।
धर्मराजले – तिमि आमामात्र होइनौ। साक्षात देवी हौ भने ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्