३ आश्विन २०८२, शुक्रबार

एनपिएलको पहिलो खेलको टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने

कोलोराडोखबर संवाददाता , September 19th, 2025

नेपाल । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा दर्शक टिकट बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बिहीबार उद्घाटन खेलको रकम राहत कोषमा जम्मा गरिने घोषणा गर्नुभएको हो । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा साविक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रस्पिर्धा गर्नेछन् ।

फ्रेन्चाइज टोलीले रिटेन र अक्सनमार्फत घरेलु खेलाडी अनुबन्ध गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्