नेपाल । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
अध्यक्ष नेपालले आज शोक वक्तव्य जारी गरी शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले सो प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
‘जेनजी’ अन्दोलनका मागप्रति आफ्नो पार्टीले त्यस बेला नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण गराउँदै उनले जायज मागलाई सम्बोधन गर्नुको साटो तत्कालीन सरकारको दम्भ र अहङ्कारले धेरै जनधनको क्षति हुन गएको उल्लेख गरे ।
अध्यक्ष नेपालले सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य तथा निजी क्षेत्रलगायत समाजका विभिन्न पक्षसँग हातेमालो एवम् सहकार्य गर्न आफूहरु सदैव तत्पर रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्