१ आश्विन २०८२, बुधबार

नेपालमा सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार

कोलोराडोखबर संवाददाता , September 17th, 2025

नेपाल । नेपाली बजारमा सुनको मूल्य १९ सयले बढेर नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका मंगलबार सुनको मूल्य १९ सयले बढेर तोलाको २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्