१ आश्विन २०८२, बुधबार

असोज १ गते प्रविधि र शिल्पका देवता विश्वकर्माको पूजा गरिंदै

कोलोराडोखबर संवाददाता , September 17th, 2025

नेपाल । असोज सङ्क्रान्ति अर्थात् विश्वकर्मापूजा । प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले बुधबार विश्वकर्माको पूजा–आराधना गर्दैछन्।

सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन् । यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन् ।

विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उनको पूजा–आराधना गर्छन्। पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ ।

द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्