अमेरिका । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेलाई पितृ शोक परेको छ ।
वाग्लेका पिता रामचन्द्र वाग्लेको ८३ उपचारको क्रममा सान्सफ्रान्सिस्को अमेरिकामा निधन भएको हो ।
बीपी कोइरालाका अनुयायी वाग्ले साहित्यमा पनि गहिरो रुचि राख्नुहुन्थ्यो । ०१७ सालमा प्रजातन्त्र हरण भएपछि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।
तनहुँमा जन्मनुभएका वाग्ले ०१७ सालपछि जनचेतना जगाउन घर छाडेर सुदूरपश्चिमका गाउँ गाउँमा पुग्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्