३० भाद्र २०८२, सोमबार

वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त

कोलोराडोखबर संवाददाता , September 15th, 2025

नेपाल । वरिष्ठ अधिवक्ता सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।

यसअघि आईतबारनै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्