नेपाल । चलचित्र ‘मैझारो’ का दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले प्रदर्शन मिति तय गर्दै दुई पोस्टर सार्वजनिक गरेको हो । एउटा पोस्टरमा मुख्य कलाकार धीरज मगर, मिरुना मगर र दिया पुन देखिनुभएको छ ।
सो पोस्टरले चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सङ्केत गर्छ । यसै गरी दोस्रो पोस्टरमा धीरज र मिरुना प्रेमिल अवतारमा देखिनुभएको छ । विल्सनविक्रम राईको कथा तथा निर्देशन रहेको चलचित्रमा पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानव सम्बन्धलाई उजागर गर्ने प्रयास गरिएको छ ।
चलचित्रमा धीरज, मिरुना र दियासँगै बुद्धि तामाङ, सुनील थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदै छ ।
प्रतिक्रिया दिनुहोस्