२८ भाद्र २०८२, शनिबार

प्रतिनिधिसभा विघटन असंवैधानिकः नेपाल बार

कोलोराडोखबर संवाददाता , September 13th, 2025

नेपाल । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ ।

बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोधसहित विज्ञप्ति निकालेको हो । अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गरेका हुन् ।

बारले यसलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि प्रहार भएको निष्कर्ष निकालेको छ ।

‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनः स्थापनासम्बन्धी निर्णय विपरीत समेत छ’, बारले भनेको छ।

अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्