नेपाल । जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा समेत आगजनी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी गरी फर्किएको समूहले संघको केन्द्रीय कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको बताइएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा र त्यसपछि पनि देशभर भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाप्रति एनआरएनए स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
आन्दोलनकारीहरूले भवनभित्र पार्क गरिएका दुईवटा सवारीसाधनमा आगजनी गर्नुका साथै पहिलो तलामा सामान्य तोडफोड गरेको भए पनि सचिवालय कक्षमा भने ठूलो क्षति नभएको जनाइएको छ ।
गैरआवासीय नेपाली संघले शुक्रबारदेखि केन्द्रीय कार्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्