२७ भाद्र २०८२, शुक्रबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता

कोलोराडोखबर संवाददाता , September 12th, 2025

नेपाल । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ ।

पछिल्लो सुरक्षा परिस्थितिको समीक्षा गर्दै काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले जनधनको सुरक्षाका लागि सो व्यवस्था कायम राख्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उपत्यकामा मिति भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ ।

यस्तै, भदौ २७ गते बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्