२७ भाद्र २०८२, शुक्रबार

एसिसी एसिया कप क्रिकेटमा भारतको सुखद सुरुवात

कोलोराडोखबर संवाददाता , September 12th, 2025

नेपाल । साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार भएको खेलमा भारतले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ विकेटले हरायो ।

जितका लागि ५८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४।३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ३० रन बनाउनुभयो ।

शुभमन गिलले अविजित २० र कप्तान सूर्यकुमार यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा युएईका जुनैद सिद्धिकीले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले १३।१ ओभरमा सबै विकेटको क्षतिमा ५७ रन बनाएको थियो । युएईका लागि ओपनर अलिशान सराफुले २२ रन बनाउनुभयो ।

कप्तान मोहम्मद वासिमले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिनुभयो ।

शिवम दुबेले तीन, वरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रित बुमराहले एक एक विकेट लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्