अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा यही सेप्टेम्बर १३, शनिबार, डालस, टेक्सास गर्न लागिेको बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन स्थगित भएको छ ।
मातृभूमि नेपालमा घटेको अप्रत्यासित र दुःखद् घटनाक्रम संवेदनशील परिस्थितिका कारण निर्धारित मितिमा कार्यक्रम गर्न संभव नभएकाले स्थगित गरिएको एनआरएनए एनसीसीका महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।
डालासको अर्भिङस्थित हिल्टन गार्डेन इनमा आयोजना हुने लागेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको बेला प्रवक्ता द्रोर्ण गौतमले नयाँ मितिमा उक्त कार्यक्रम गरिने विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष डा। बद्रि केसी, उपध्यक्षक्ष हेमराज शर्मा, रविन शेरचन, महासचिव गौरीराज जोशी र उपमहासचिव प्रविण गुरुङको समेत सहभागिता रहने तय भएको थियो ।
गत जुलाई २७ र २८ मा भएको निर्वाचनबाट विकास उप्रेतीको नेतृत्वमा एनआरएनए एनसीसी अमेरिकाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्