नेपाल । चलचित्र ‘वरिष्ठ बलराम’ को पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले एकसाथ दुई पोस्टर र टिजर सार्वजनिक गरेको हो ।
पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बराल देखिनुभएको छ । साथै अन्य कलाकार पनि छन् ।
एउटा पोस्टरमा भने दयाहाङ र विजयलाई प्रस्तुत गरिएको छ । हातमा मोबाइल बोकेका उहाँ रिसाहा र विजय निराश भावमा देखिनुभएको छ । अर्को पोस्टरमा दयाहाङ र विजय दुवै सोचमग्न रहनुभएको छ । जसमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीपकुमार चौधरी पनि हुनुहुन्छ ।
सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको चलचित्र कात्तिक ६ गते भाइटीकामा प्रदर्शन हुँदै छ । चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन छ । पटकथा महेश दवाडीले लेख्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्