२५ भाद्र २०८२, बुधबार

जेनजीहरुले घरमा आगो लगाउँदा झलनाथ खनालकी श्रीमती रविलक्ष्मीको जलेर मृत्यु

कोलोराडोखबर संवाददाता , September 10th, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ।

जेनजी प्रदर्शनकारीले डल्लुस्थित घरमा आगो लगाउँदा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित जलन अस्पतालमा निधन भएको पार्टी नेतृ दिलु पन्तले जानकारी दिइन् ।

घटनापछि गम्भीर घाइते हुनु भएकी चित्रकारलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार सुरु गरिएको र थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्