२५ भाद्र २०८२, बुधबार

टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले गरे आत्महत्या

कोलोराडोखबर संवाददाता , September 10th, 2025

अमेरिका । टेक्ससका उद्यमी तथा समाजसेवी हरिबोल भण्डारीले मङ्गलबार बिहान आफ्नै निवासस्थान ग्रेनवरीमा आत्महत्या गर्नुभएको छ । उहाँको आत्महत्याको कारण भने खुलेको छैन ।

काठमाडौँको मूलपानी घर भइ झण्डै दुई दशकदेखि अमेरिकामा बसोबास गर्दै आउनु भएका ५५ वर्षीय भण्डारी लामो समयदेखि नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहनुभएको थियो ।

प्रवासमा रहेर पनि राजनीति र समाजसेवालाई निरन्तर रुपमा अगाडि बढाइरहनु भएका भण्डारीका श्रीमती र दुई छोरा छन् । उहाँको टेक्सस र मिजोरीमा ग्यासस्टेसन र होटलमा लगानी समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्