२५ भाद्र २०८२, बुधबार

थाइल्यान्डका पूर्वप्रधानमन्त्री सिनावात्रालाई भ्रष्टाचार मुद्दामा १ वर्षको जेल सजाय

कोलोराडोखबर संवाददाता , September 10th, 2025

नेपाल । थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ ।

एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन ।

एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्