३० भाद्र २०८२, सोमबार

नेपालमा बुधबार र बिहीबार शेयर कारोबार नहुने

कोलोराडोखबर संवाददाता , September 10th, 2025

नेपाल । बुधबार र बिहीबार नेपालमा शेयर कारोबार नहुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरेर यस्तो जानकारी दिएको हो ।

“हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले बुधबार सार्वजनिक गरेको सूचनामा भनेको छ ।

मंगलबार पनि कारोबार बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्