२५ भाद्र २०८२, बुधबार

नेपालमा राति १० बजेदेखि नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन

कोलोराडोखबर संवाददाता , September 9th, 2025

नेपाल । नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि परिचालित हुने भएको छ ।

सेनाले विज्ञप्तिमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्ननगराउन आग्रह गरेको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न रातिको १० बजेदेखि दृढ रहने प्रतिबद्ध जनाएको छ ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्