२४ भाद्र २०८२, मंगलवार

जेन-जी प्रदर्शनमा भएको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः गगन थापा

कोलोराडोखबर संवाददाता , September 9th, 2025

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाउँदै सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । उनले विज्ञप्तिमार्फत् राखेका धारणा यस्ता छन् ।

‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन। सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ’, उनले भनेका छन् ।

थापाले जेनजीले उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्