२४ भाद्र २०८२, मंगलवार

जेनजी प्रदर्शनमा भएको दमन र हत्या बिरुद्ध काठमाडौंमा ३ दिन शैक्षिक संस्था बन्द

कोलोराडोखबर संवाददाता , September 9th, 2025

नेपाल । काठमाडौँ महानगरपालिकाले भदौ २४ देखि २६ गतेसम्म शैक्षिक संस्था तीन दिन बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको जेनजी प्रदर्शनमा भएको दमन र हत्या बिरुद्ध मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई तीन दिन दिन बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार भएको जेनजी पुस्ताहरूले भ्रष्टाचार लगायतविरूद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा १९ जनाले ज्यान समेत गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्