२४ भाद्र २०८२, मंगलवार

प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा

कोलोराडोखबर संवाददाता , September 8th, 2025

नेपाल । नेपालमा जेन–जी पुस्ताको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन् ।

गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्