२४ भाद्र २०८२, मंगलवार

जेन-जी पुस्ताको भ्रष्टाचार बिरोधी आन्दोलनमा दमन, १९ जनाको मृत्यु, विभिन्न शहरहरुमा कर्फ्यू

कोलोराडोखबर संवाददाता , September 8th, 2025

नेपाल । जेन–जी पुस्ताले भ्रष्टाचार बिरुद्ध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध बिरुद्ध आज नेपालमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ ।

सयौं घाइतेहरुको अवस्था गम्भीर रहेको समाचार प्राप्त भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन काठमाडौं, ललितपुर, भैरहवा, पोखरा, भरतपुर, इटहरी, बिर्तामोड जस्ता शहरहरुमा कर्फ्यू आदेश जारी भएको छ ।

प्रहरीको गोली लागेर काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा काठमाडौंको संसद भवन, भरतपुर नगरपालिका, इटहरी नगरपालिका, बिर्तामोड नगरपालिकाको भवनमा आगजनी भएको छ ।

हजारौंको संख्यामा जेन–जी पुस्ता आन्दोलनमा उत्रिएको थियो । मानव अधिकार आयोगले आन्दोलनकारीहरुलाई उत्तेजित पारेर सरकारबाटै हिंसात्मक घटना गराएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्