नेपाल । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै आइतबार साँझ महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनको बन्द सत्रमा अध्यक्ष ओलीले तीनवटै प्रस्तावलाई निर्माणार्थ पेश गर्नुभएको थियो । महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूले तालिका ध्वनिसहित प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेका हुन् ।
यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा पहिलो पटक एमालेले आफ्नो लोगोमा प्रयोग हुने हँसिया–हथौडाको रङ्ग परिवर्तन गरेको छ । अघिसम्म सेतो रंगमा प्रयोग हुँदै आएको लोगो अब रातो रंगमा हुनेछ, जसमा सुनौलो हँसिया–हथौडा अङ्कित हुनेछ ।
यस्तै पार्टी विधानबाट ७० वर्षको उमेर हद र २ कार्यकालको सीमालाई पनि हटाइएको छ ।
महाधिवेशनले निर्वाचन आयोगको प्रमुखमा पुनः डा. विजय सुब्बालाई निरन्तरता दिने निर्णय गरेको छ । साथै उपाध्यक्षमा सानुराजा पोखरेल र सचिवमा कुन्साङ लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्