२३ भाद्र २०८२, सोमबार

नेपाल एएफसी यु-२३ एसियन कप छनोटबाट बाहिरियो

कोलोराडोखबर संवाददाता , September 8th, 2025

नेपाल । नेपाल एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । ताजकिस्तानमा जारी छनोटको समूह ‘के’ मा लगातार दोस्रो हार खेपेसँगै नेपालको छनोट सम्भावना सकिएको हो ।

शनिबार राति भएको खेलमा नेपिा सिरियासँग ४-२ गोलले पराजित भयो । सिरियालाई जिताउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गर्नुभएको थियो ।

नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गर्नुभयो । नेपाल समूहको पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० गोलले पराजित भएको थियो । नेपालले समूहको अन्तिम खेल मङ्गलबार फिलिपिन्ससँग खेल्नेछ ।

सिङ्गल राउन्ड रोविन सलगका आधारमा खेलाइने खेलपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्