२३ भाद्र २०८२, सोमबार

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन संविधानले रोक्दैनः देउवा

कोलोराडोखबर संवाददाता , September 7th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । सरकारका मन्त्रीहरू तत्काल हेरफेर नहुने उनको भनाइ छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

उनले नेपाली कांग्रेसको आशन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए। उनले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउन नदिन संविधानमा कुनै बन्देज नभएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्