२३ भाद्र २०८२, सोमबार

सेजनको अध्यक्षमा भागवत भट्टराई निर्वाचित

कोलोराडोखबर संवाददाता , September 7th, 2025

नेपाल । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सेतोपाटी डटकमका भागवत भट्टराई निर्वाचित भएका छन् ।

सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरेका थिए ।

समितिको उपाध्यक्षमा कारोबार दैनिकका जीवन बस्नेत निर्विरोध निर्वाचित भएका थिए । नयाँ कार्यसमितिको महासचिवमा राष्ट्रिय समाचार समिति (रासस) का उपसम्पादक कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अनलाइनखबर डटकमका अच्युत पुरीले १०४ मत प्राप्त गरे ।

यसैगरी, कोषाध्यक्षमा उकालो डटकमका केशु लामिछाने १३३ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अन्नपूर्ण दैनिकका आशा थापाले १०८ मत प्राप्त गरेका थिए । समितिको सचिवमा हिमालयन टेलिभिजनका शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

समिति सदस्यमा अर्जुन तामाङ (टुरिजम पार्टी) १४१, कमल धिताल (बाह्रखरी) १८५, भोजराज भण्डारी (कर्पोरेट समाचार) १४७, राजु बास्कोटा (क्लिकमाण्डु) १५९ र सीमा तामाङ (कान्तिपुर दैनिक) २०० मतसहित निर्वाचित भएका छन्।

सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने अधिवेशनमा २४६ मत खसेका थिए ।

प्रतिक्रिया दिनुहोस्