नेपाल । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तीन पटक सफल मिर्गौला प्रत्यारोपण भएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
नेपालमा एउटै व्यक्तिमा तीन पटकसम्म सफल प्रत्यारोपण गरेको यो पहिलो रेकर्ड हो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा पहिलो पटक एक व्यक्तिमा तीन पटकसम्म सफल मिर्गौला प्रत्यारोपण गरेर गरी इतिहास रचेको जानकारी दिनुभयो । उहाँले १२ दिनअघि गत भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री लक्ष्मण किशोर चौधरीको तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा छोटो समयमा नै अङ्ग प्रत्यारोपणमा फड्को मारेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्