२३ भाद्र २०८२, सोमबार

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा

कोलोराडोखबर संवाददाता , September 7th, 2025

नेपाल । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा शनिबार साँझ भएको प्रतिस्पर्धात्म खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर गुमाएका थिए ।

मैत्रीपूर्ण खेलको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रेफ्रीलाई बल प्रदान गरी उद्घाटन गर्नुभएको थियो ।

यस खेल विश्व फुटबल महासंघ (फिफा) विन्डो अन्तर्गत आयोजना भएको हो । दुई टोलीबीचको दोस्रो खेल मङ्गलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्