-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको नयाँ कार्यकाल (२०२५-२०२७) को लागि कार्यसमिति चयन कार्य सम्पन्न भएको छ ।
कोलोराडोवासी नेपालीभाषी समुदायको जेठो संस्था रक्कि माउन्टेन फ्रेन्ड्स अफ नेपालले संस्थाको विधान अनुसार विद्यमान कार्यकालका लागि गत अप्रिल २०२५ मा निर्वाचन सम्पन्न गरी पदाधिकारी चयन गरिएको थियो ।
सम्पन्न निर्वाचनमा केही पद रिक्त रहेकोमा संस्थाको हालै सम्पन्न कार्यसमितिको पूर्ण बैठकले निर्णय गरी देहाय बमोजिमको पदाधिकारी तथा सदस्यहरुको मनोनित गरिएको संस्थाका अध्यक्ष आकृति राईले बताएकी छन् ।
संस्थाको गत अप्रिलमा सम्पन्न भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा महिला कोर्डिनेटरमा क्रमशः आकृती राई अधिकारी, हरीबहादुर गुरुङ, तेजप्रसाद ढकाल, शुनीता अधिकारी र रमीता तुलाधर र बोर्डअफ डिरेक्टरहरुमा सन्तोष विश्वकर्मा र बिष्णु बिक निर्विरोध निर्वाचित भएका थिए ।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसैगरी संस्थाले नेपाल र नेपालीको पहिचाहनकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।
मनोनित भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुः
प्रतिक्रिया दिनुहोस्