२३ भाद्र २०८२, सोमबार

अमेरिकाको कोलोराडोमा नेपालीभाषीको लगानीमा ठूला ब्यावसाय धमाधम खुल्दै

कोलोराडोखबर संवाददाता , September 7th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । मातृभूमिबाट अवसरको खोजीमा अमेरिका आइपुगेका नेपालीभाषीहरूले साना ब्यावसायमात्र होइन एक पछि अर्को गर्दै ठूला ब्यावसायमा लगानी गर्न थालेका छन् ।

बिशेषगरी नेपालीभाषीहरूको लगानीमा रेष्टुरेण्ट, ग्यास स्टेशन जस्ता साना ग्रोसरी पसल र पार्लर ब्यावसाय सयौंको संख्यामा रहेको कोलोराडोमा अब बिस्तारै उनीहरूको ध्यान ठूला ब्यावसाय तर्फपनि मोडिन लागेको हो ।

यसरी ठूला ब्यावसाय खोल्ने क्रममा केही ब्यावसायीहरूले अमेरिकाको सबै स्टेटलाई लक्ष्य गरेर खोलेका छन् भने कसैले कोलोराडोलाई मात्र लक्ष्य गरेर खोलेका छन् । यसैक्रमममा कोलोराडोका साउथ एसियन ग्रोसरी, रेष्टुरेण्ट र क्याट्रिन ब्यावसायीहरूलाई लक्ष्यगरी नेपालीभाषीको लगानीमा कोलोराडोको अरोरामा शनिबार दखि होलसेल पसलको शुभारम्भ गरिएको छ ।

अरोरा पार्कर (3055 S Parker Rd. Aurora CO.80014) स्थित लक्ष्मीफुड्स होलसेल एण्ड रेष्टुरेण्ट सप्लाइको शनिबार बिहान एक समारोह बिच स्वाद, राजाफुड र पटेल ब्रदर्शका प्रोपाइटर स्वोयत्तल पटेलले रिवन काटेर उद्घाटन गरेका हुन् । अरोरा निवासी कृष्ण काफ्लेको लगानिमा खोलिएको यस होलसेल पसल हरेक हप्ता सोमबार देखि शनिबारसम्म बिहान ८ बजेदेखि साझ ५ बजेसम्म खोलिने र आइतबार बन्द हुने काफ्लेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्