२१ भाद्र २०८२, शनिबार

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु

कोलोराडोखबर संवाददाता , September 6th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको छ ।

महाधिवेशनमा विधान संशोधन प्रस्तावका साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको व्याख्यासहितको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले देशको हितमा देखिने र सुनिने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा देखिने र सुनिने गरी भूमिका खेल्नुपर्ने र त्यसमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कसैलाई मन पर्ने नपर्ने विषयभन्दा हाम्रो यथार्थमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देशको समृद्धि र लोकतन्त्रको सुदृढीकरण गर्नमा आफ्नो ध्यान भएको उहाँले प्रस्ट पार्नुभयो । आफ्नो अभियानमा जनताको साथ समर्थन रहेकाले विरोधी शक्तिले जे सोचे पनि नरोकिने उहाँले उल्लेख गर्नुभयो ।

मुलुकबाट गरिबी उन्मूलनमा सरकारको ध्यान रहेको बताउँदै उहाँले देशबाट गरिबी अन्त्य नहुँदासम्म वास्तविक विकास र समृद्धि अन्त्य भएको मान्न नसकिने चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभयो । आगामी निर्वाचनमा पार्टी सरकारमा नै हुने भएकाले धाँधली हुन नदिने र बहुमत ल्याउने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्