अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा यही सेप्टेम्बर १३, शनिबार, डालस, टेक्सासमा बृहत् राष्ट्रिय भेला तथा कार्ययोजना सम्मेलन हुने भएको छ ।
कार्यक्रम डालासको अर्भिङस्थित हिल्टन गार्डेन इनमा आयोजना हुनेछ । उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ ।
उक्त कार्यक्रममा एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्रि केसी, उपध्यक्षक्ष हेमराज शर्मा, रविन शेरचन, महासचिव गौरीराज जोशी र उपमहासचिव प्रविण गुरुङको सहभागिता रहने एनआरएनए एनसीसी अमेरिकाका महासचिव आरसी पन्तले जानकारी दिनु भयो ।
उक्त राष्ट्रिय भेला तथा सम्मेलनबाट नयाँ कार्यसमितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि कार्ययोजना तय गर्ने बताइएको छ । गत जुलाई २७ र २८ मा भएको निर्वाचनबाट विकास उप्रेतीको नेतृत्वमा एनआरएनए एनसीसी अमेरिकाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।
महासचिव पन्तका अनुसार सेप्टेम्बर १४ मा एनआरएनए एनसीसी अमेरिकाको भौतिक कार्यसमिति बैठक गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्