२१ भाद्र २०८२, शनिबार

कोलोराडोमा शनिबार वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता हुने

कोलोराडोखबर संवाददाता , September 6th, 2025

-हेम गिरी (डेनभर, कोलोराडो) । कोलोराडोमा अवस्थित लिस्बन पार्क, ग्रीन भ्याली र्‍याञ्चमा ग्लोबल भुटानीज कम्युनिटी कलोराडोले वार्षिक पिकनिक तथा भलिबल प्रतियोगिता २०२५ आयोजना गर्ने भएको छ ।

सेप्टेम्बर ६, शनिबार बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म संचालन हुने प्रतियोगितामा कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरूको ६ वटा टिम सहभागिता रहने आयोजक समितिका खेलकूद संयोजक ओम ढुङ्गेलले बताए । जसमा पूल ए’मा लिबर्टी, एफसी, ड्रुक्युल र पूल बी’मा सीएटी,केसीएससी र युंग स्टार रहने छन् ।

प्रतियोगितमा पूल ए म्याचः लिबर्टी भर्सेस एफसी, एफसी भर्सेस ड्रुक्युल, लिबर्टी भर्सेस ड्रुक्युल र पूल बी म्याचस् सीएटी भर्सेस केसीएससी, केसीएससी भर्सेस युंग स्टार, सीएटी भर्सेस युंग स्टार
रहने छ ।

सेमिफाइनल १. पूल ए विजेता भर्सेस पूल बी रनर–अप र सेमिफाइनल २. पूल बी विजेता भर्सेस पूल ए रनर–अप रहने आयोजक समितिले जनाकारी दिएको छ ।

यसैगरी फाइनल– सेमिफाइनल १ विजेता भर्सेस सेमिफाइनल २ विजेता रहने छ । विजेता तथा अपविजेतालाई ट्रफ्रि, नगद पुरुस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममा सहभागि भएर उत्सवको माहोलमा रमाउन र खेलकुद प्रतियोगितामा सहभागी भएर मनोरंजन लिनको लागि कोलोराडोमा रहेका सम्पूर्ण नेपाली भाषीहरूमा आयोजक समितिका अध्यक्ष चुडा बाराल र खेलकुद संयोजक ओम ढुंगेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्