२१ भाद्र २०८२, शनिबार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बास्कोटा असन्तुष्टि

कोलोराडोखबर संवाददाता , September 5th, 2025

नेपाल । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आफूले नियमन कानुन बनाउने भनेको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले । तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि ।’

प्रतिक्रिया दिनुहोस्