२१ भाद्र २०८२, शनिबार

नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै

कोलोराडोखबर संवाददाता , September 5th, 2025

नेपाल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ ।

महाधिवेशन लम्बिने गरेपछि पहिला विधानसम्बन्धी विषय टुङ्ग्याएर पछाडि वैचारिक बहस गर्ने महाधिवेशनको अभ्यास थालनी गरिएको हो ।

यो दोस्रो विधान अधिवेशन हो । दुई हजार ३४१ प्रतिनिधि सहभागी हुने यो महाधिवेशनको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

महाधिवेशनका लागि सातदोबाटोदेखि गोदावरीसम्मको १० किलोमिटर दुरीभित्र १८ वटा स्वागतद्वार बनाइएका छन् । बिजुलीका खम्बामा हँसिया हथौडा र सूर्य चिह्न अङ्कित झन्डा राखिएका छन् । सातदोबाटोदेखि गोदावरीसम्म आवतजावतका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको छ ।

सूर्य चिह्न अङ्कित झन्डाले सडक झकिझकाउ बनाएको छ । नेकपा (एमाले) अहिले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारा बोकेर महाधिवेशनमा होमिएको छ ।

प्रतिक्रिया दिनुहोस्