नेपाल । ज्योति साहित्य प्रतिष्ठानले अग्रज राजनीतिज्ञ, साहित्यकार, समाजसेवी सुश्री भद्रकुमारी घलेलाई ‘साहित्य तथा समाजसेवा रत्न सम्मान’ प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्राडा गार्गी शर्मा, साहित्यकारहरू पुष्कर लोहनी र मणिराज सिंहले उक्त सम्मान प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा।डा गार्गी शर्माले घले जस्तो निडर, निर्भीक, स्वावलम्बी, समाजसेवी महिला सर्जकलाई हामीले ‘शताब्दी नारी’ भनेर किन नभन्ने १ भन्दै आफ्नो विचार व्यक्त गरिन् ।
घलेले आफ्नै घरमा आएर आफूलाई सम्मानित गरेकोमा खुसी व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्