२१ भाद्र २०८२, शनिबार

बीडीए सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाद्वारा आयोजित कार्यक्रममा ३३ जनाले गरे रक्तदान

कोलोराडोखबर संवाददाता , September 5th, 2025

लस-एन्जलस । ब्लड डोनर्स अफ अमेरिका सोकल च्याप्टर दक्षिण क्यालिफोर्नियाको आयोजनामा मंगलबार लस एन्जलसको डाउन टाउनमा गरिएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।

झन्डै ४५ जना रक्तादाताले रक्तदानको लागि अनलाइन उपस्थिति जनाए पनि ३३ जना रक्त दाताहरुले रक्तदान गरेका हुन् ।

लस एन्जलसको डाउन टाउनस्थित रिवाज बेङ्क्वेटमा आयोजित रक्दान कार्यक्रममा बिडीए सोकल च्याप्टरका अध्यक्ष शम्भु शिवाकोटीको आयोजनामा रक्दातन कार्यक्रम सम्पन्न भएको थियो ।

रक्दातन कार्यक्रममा बिडीए सोकल च्याप्टरका सदस्यहरुले पनि रक्दान गर्दै कार्यक्रम सफलताको लागि स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए ।

सेवा परमो धर्मको मूलमन्त्रसहित आयोजित रक्दान कार्यक्रममा रक्तदाताहरुलाई फलफुल पानी, टिशर्ट वितरण गरिएको थियो । ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय उपाध्यक्ष झमक निरौला, केन्द्रीय सदस्य शारदा श्रेष्ठको उपस्थितिमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्वयम् सेवकका रुपमा रक्तदान कार्यक्रमको संयोजन गर्नु भएकी दिप पनेरु, रमेश श्रेष्ठ, सुधिर थापा लगायतले समुदायको हितमा निरन्तर रक्तदान कार्यक्रम आयोजना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्