१९ भाद्र २०८२, बिहीबार

पाँचदिन लामो चीन भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फर्किए

कोलोराडोखबर संवाददाता , September 4th, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओली पाँचदिन लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासीवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औँ वार्षिकोत्सव कार्यक्रममा बुधबार सहभागी भएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शनिवार ओली चीन प्रस्थान गरेका थिए । २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको थियानचिनतर्फ लागेका थिए ।

ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन गएका हुन् । उनले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए ।

ओलीले लिम्पियाधुरा सीमा अतिक्रमणबारे चीनसँग कुरा उठाएको पेकिङस्थित नेपाली दूतावास र परराष्ट्र सचिव अमृतबहादुर राईले प्रेस नोट जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्