नेपाल । पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर केबुलकार रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
पोर्चुगलको आपतकालीन सेवाका अनुसार यो दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो ।
पोर्चुगलको आपतकालीन चिकित्सा सेवा प्राधिकरणले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र बाँकी १३ जनालाई सामान्य चोटपटक लागेको बताएको छ।
आपतकालीन सेवाले मृतकहरूमा विदेशीहरू भएको बताए पनि उनीहरु कुन देशका हुन् भन्ने पुष्टि हुन बाँकी छ । –एजेन्सीहरु ।
प्रतिक्रिया दिनुहोस्