१९ भाद्र २०८२, बिहीबार

‘समयका तरंक’ कविताकृति सार्वजनिक

कोलोराडोखबर संवाददाता , September 4th, 2025

नेपाल । कवि प्रिन्स प्रमोदकुमार ढकालको दोस्रो कविताकृति ‘समयका तरंक’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

गत सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा। कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, खेम नेपाली, महेश रेग्मी, लेखककी माता सीतादेवी ढकाललगायतले संयुक्त रूपमा कृति सार्वजनि गरे ।

विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले पाठकीय टिप्पणी रोखेका थिए ।

विराट साहित्य संगमले प्रकाशित गरेको कृतिभित्र ढकालका ७२ वटा कविता समावेश छ ।

प्रतिक्रिया दिनुहोस्