१९ भाद्र २०८२, बिहीबार

अवैध ढंगले अमेरिका पुगेका थप ३७ नेपाली निष्काशित

कोलोराडोखबर संवाददाता , September 3rd, 2025

अमेरिका । अमेरिकाले थप ३७ नेपालीलाई निष्काशन गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो ।

उनीहरू बुधबार चार्टर्ड जहाजबाट काठमाडौं पुग्दैछन् ।

अध्यागमन स्रोतका अनुसार बुधबार साढे २ बजेतिर ३७ जना निष्काशित नेपालीलाई लिएर अमेरिकाको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

उनीहरू अधिकांशसँग पक्राउ पर्ने क्रममा कागजात थिएन ।

प्रतिक्रिया दिनुहोस्