नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताउनु भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताउनुभयो ।
सम्मानित कविहरूमा सिराहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनका सिर्जन अविरल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्