१६ भाद्र २०८२, सोमबार

डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने सत्याग्रह शुरु

कोलोराडोखबर संवाददाता , September 1st, 2025

नेपाल । डा. गोविन्द केसीले तीन दिने सत्याग्रह सुरु गरेका छन् ।

शिक्षा स्वास्थ्यजस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच अभिवृद्धिको सुनिश्चितता, युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै डा. केसीले आइतबार कैलालीको गेटामा तीन दिने सत्याग्रह घोषणा गरेका हुन् ।

आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले बताएका छन । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्