३० भाद्र २०८२, सोमबार

साउनमा नेपालमा हुने आयात–निर्यात दुबै बढ्यो

कोलोराडोखबर संवाददाता , August 25th, 2025

नेपाल । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना अर्थात साउनमा आयात–निर्यात दुवै बढेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले बढेको हो । साउनमा एक खर्ब ४३ अर्ब ४० करोड ६६ लाख ६९ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा एक खर्र्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात भएको थियो ।

निर्यात भने झन्डै दोब्बरले बढेर २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार पुगेको छ । गत वर्ष सो अवधिमा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको निर्यात भएको थियो । साउनमा समग्र वैदेशिक व्यापार १८।७५ प्रतिशतले बढेर एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

निर्यातमा उल्लेख्य सुधार भए पनि आयातको आकार ठुलो भएकाले व्यापार घाटा भने बढेको छ । २०८१ साउनमा एक खर्ब १६ अर्ब १५ करोड रुपैयाँ रहेको व्यापार घाटा रहेकोमा २०८२ साउनमा २.५५ प्रतिशतले बढेर एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपियाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्