-आरसी रिजाल-
बुढा — ए बुढी ! तिमीले मेरो खल्तीको पैसा झिकेकी हो?
बुढी — किन सोधेको ?आवश्यक पर्यो झिकेँ ।
बुढा — माघेको भए म दिहाल्थेँ ।
बुढी — ए अब ती जमाना गए।भन्ने बेलामा गृहलक्ष्मी हातमा कौडी छैन।तपाईंले मोबाइल किन्देपछि मेरो खर्छ अलि बढेको छ क्या ।
बुढा — मोबाईल नकिन्दे भोकहडताल गरेर प्राण त्याग्छु जस्तै गर्यौ। अनि नकिन्दे र सुखै पाइनँ। मैले त खर्चमा नियन्त्रण गर्न पैसा मसंग माग्नु भनेको मात्र हो।
बुढी –छाड्नुस त्यस्ता कुरा।तपाईंको अगाडि हात फैलाएको ४५ बर्ष भयो। कति परनिर्भर हुनु ।मैले पनि आत्मनिर्भर हुन सिकेँ।
* * *
बुढा — ए बुढीमाउ।पेटमा मुसा कुदिसक्यो लौन खाउँ।
बुढी — पर्खनुस् न, एउटा टिकट्क बनाउदै छु।हामी पानीसमेत नपिइ तिजको व्रत बस्न सक्छौं । तपाईंहरु एकछिन भोक खप्न सक्नु हुन्न?
* * *
बुढा –हैन, फिल्म नै सुटिङ गर्न लाग्यौ कि कसो? एकघन्टा भैसक्यो।खाउन हो अब त ! बुढी – खायौ भात। पसलेसंग बोल्न डर लाग्छ कि क्या हो? ग्यास हेरेर ल्याउन पर्दैन। अस्ति दाल डढ्यो,आज भात भसक्कै।फेरि कुकरमा चामल भिजाएर राख्याछु। जानुस् पकाउन । अब भान्साको काममा तपाई पनि आत्मनिर्भर हुनुस्।
बुढा नाजवाफ भए।
-हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्