३० भाद्र २०८२, सोमबार

एनआरएनए आईसीसीको महाधिवेशनमा सहभागी हुन ५६ देशबाट ४,६५९ जनाको आवेदन

कोलोराडोखबर संवाददाता , August 21st, 2025

अमेरिका । अक्टोबर ११ देखि १३ तारिखसम्म काठमाडौंमा हुने एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचनका लागि प्रतिनिधि (मतदाता)को लागि आवेदन बन्द भएको छ ।

२० अगस्ट साँझ १० बजे (नेपाल समय) सम्म ५६ देशबाट जम्मा ४,६५९ वटा आवेदन प्राप्त भएका छन् । यी मध्य करिव ३४०० प्रतिनिहरुले निर्वाचनमा भाग लिन पाउने छन् ।

सर्वाधिक निवेदन परेका १० देशहरूमा जापान (५५०), अष्ट्रेलिया (४३२), अमेरिका (३३०), क्यानडा (२८८), कतार (२७१), कोरिया (२४५), बेलायत (यूके) (२३२), संयुक्त अरब इमिरेट्स (यूएई) (२३१), मलेसिया (१९७) र साउदी अरब (१८४) रहेका छन् ।

प्राप्त आवेदनमध्ये वर्तमान र विगतमा आइसिसी र एनसिसीमा एक कार्यकाल काम गरेका व्यक्तिहरूको पहिचान गरी आइसिसीले नामावली एनसिसीलाई पठाउनेछ र एनसिसीले सो नामावलीलाई अन्तिम रूप दिनेछ ।

देश अहिलेसम्म प्राप्त आवेदन संख्या: जम्मा पाउने प्रतिनिधि संख्या

प्रतिक्रिया दिनुहोस्