३० भाद्र २०८२, सोमबार

मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारीलाई पितृ शोक

कोलोराडोखबर संवाददाता , August 20th, 2025

अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारीका पिता अमरबहादुर भण्डारी गते शुक्रबार निधन भएको छ ।

दुई वर्षदेखि रोगसंग लडिरहनु भएका भण्डारीको ७९ वर्षको उमेरमा अमेरिकाको बाल्टिमोरस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।

पर्वत जिल्ला फलेवास नगरपालिका–थापाठानामा स्थायी ठेगाना भएका उहाँ केहि महिना अघि देखि हिडडुल गर्न नै मुस्किल परेकाले घरमै आराम गरिरहनु भएको थियो ।

भण्डारीका तीन छोरा, बुहारी एचबी भण्डारी, कोशीश भण्डारी र प्रविण भण्डारीसहित श्रीमती स्थायी रूपमा बाल्टिमोरमा बसोबास गर्दै आएका छन् । उहाँका चार छोरी–ज्वाइँ भने नेपालमै रहनु भएको छ।

प्रतिक्रिया दिनुहोस्