३० भाद्र २०८२, सोमबार

आर्सनलद्वारा म्यानचेस्टर युनाटेइड १-० गोलले पराजीत

कोलोराडोखबर संवाददाता , August 19th, 2025

नेपाल । आर्सनलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाटेइडमाथि कठिन जित निकालेको छ ।

ओल्ट ट्राफोर्डमा आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडलाई १–० गोलले हरायो । पाहुना टोली आर्सनललाई जिताउन रिकार्डो कालाफिओरीले १३औँ मिनेटमा गर्नुभएको गोल निर्णायक बन्यो ।

जितसँगै आर्सनलले तीन अङ्क बनाएको छ । युनाइटेडले हारबाट सिजनको सुरुवात गरेको छ । आइतबार राति नै भएको अर्को खेलमा नटिङ्घम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ गोलले हरायो । चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे ।

प्रतिक्रिया दिनुहोस्