३० भाद्र २०८२, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनाको सुखद सुरुवात

कोलोराडोखबर संवाददाता , August 18th, 2025

नेपाल । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा २०२५–२६ मा सुखद सुरुवात गरेको छ ।

मालोर्काको घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोना ३–० गोलले विजयी भयो । बार्सिलोनालाई जिताउन राफिन्हाले सातौँ मिनेटमा गोलको खाता खोल्नुभयो ।

फेरान टोरेसले २३औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा लामिन यामललेले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो ।

१० खेलाडीमा समेटिएको मालोर्काको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै बार्सिलोनाले तीन अङ्क बनाएको छ । मालोर्काले हारबाट सिजनको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्